ग्लोबल आईएमई बैंकले सञ्चालनमा ल्यायो दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा

असोज २७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असाेज २७ : आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा दिन ग्लोबल आइएमई बैंकले नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस बैकले बाग्लुङको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ ।

बाग्लुङको जिल्लाको जैमिनी नगरपालिका ३ दमेकमा खोलिएको शाखारहित बैंकिङ सेवामा टेक बहादुर कामी प्रतिनिधिको रुपमा नियुक्त भएका छन् भने डोटीको जिल्लाको शिखर नगरपालिका ९ उच्चाकोटमा यज्ञराज पन्त नियुक्त भएका छन् ।

थप दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँग ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २ सय २७ पुगेको छ ।