विष्णु गैरेको गीत ‘आउँछु भन्थें’ सार्वजनिक

असोज २७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असाेज २७ : सञ्चार व्यवसायी बिष्णु गैरेको शब्द र हरि लम्सालको स्वरमा सजिएको नयाँ गीत ‘आउँछु भन्थें’ सार्वजनिक भएको छ ।  गीतमा हरि लम्सालकै संगीत र एरेन्ज रहेको छ ।  रमा थपलिया र जीबी चिरनको मुख्य अभिनय रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका छन् ।

नेपाली युवाहरुको परदेश जानुपर्ने बाध्यता, त्यहाँ जानुअघि राखिने सोँच, त्यहाँ पुगेपछिको  अवस्था र घरपरिवारसँग टाढिँदाको पीडालाई गीतले ब्यक्त गरेको छ । ‘आँउछु भन्थेँ’ गीत भाईब्रेसन मिडियाको युट्युब च्यानल मार्फत मंगलबार सार्वजनिक गरिएको छ ।