सलमान खानको फिल्म ‘राधे’ मा दक्षिण कोरियाका अभिनेता

असोज २७, २०७७

एटुजेड अनलाइन खबर


मुम्बई, असाेज २७ : भारतमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहे पनि फिल्मी कामहरु धमाधम भइरहेका छन् । कोरोनालाई मध्यनजर गर्दै अहिले बलिउड फिल्मका शूटिङहरु शुरु गरिएको छ । त्यस्तै यस्तो अबवस्थामा फिलमहरु नेटफ्लिक्स र ओटिटीमार्फत रिलिज पनि भइरहेका छन् ।

यसैबीच  पछिल्लो समय सलमान खानको नयाँ फिल्म ‘राधे’ को निकै चर्चा छ । सलमान खान अहिले फिल्म राधेको सुटिङमा छन् । प्रभुदेवाले  निर्देशन गरेको यस फिल्ममा दक्षिण कोरियाका अभिनेताको इन्ट्री भएको छ ।

भारतिय मिडियाका अनुसार यस फिल्ममा दक्षिण कोरियाका अभिनेता Kwon Tae-Ho को एक सिन रहेको बताइएको छ । यस फिल्ममा सलमानले ठूलै खर्च गरेर दमदार एक्शन दृश्यहरु राख्ने बताइएको छ ।