जन्मदिनमा सहयोग

कार्तिक ०२, २०७७

एटुजेड अनलाइन खबर


गुलरिया, कार्तिक २ : बर्दिया गुलरिया निवासी आशिष पोरवालले जिल्ला अस्पतालका विरामी तथा निलसागर असहाय, अशक्त र जेष्ठ नागरिक सेवा केन्द्रका मानिसलाई फलफुल, जुस र पानी वितरण गरेका अस्पतालका डाक्टर सुवास पाण्डेले बताए । उनले आफ्नो जन्मदिनको अवसर पारेर विरामी, असहाय, अशक्त र जेष्ठ नागरिकलाई सहयोग गरेका हुन् ।

अस्पतालका ३८ जना विरामी र बृद्धा आश्रममा १८ जना गरि ५६ जनालाई फलफुल, जुस र पानी वितरण गरेका छन् । साथसाथै गायत्री शक्ति पिठलाई समेत दान गर्ने गरेको गायत्री शक्ति पिठका अध्यक्ष राधेश्याम गुप्ताले जानकारी दिए । सेवा केन्द्र तथा अस्पतालमा बस्ने विरामी तथा बृद्धबृद्धाको अवस्था देखेर दुख लागेको बताउँदै अलिकति भएपनि खुसी पार्न खोजेको सामाजिक तथा मानवीय कार्यमा निरन्तर काम गरिरहेन पोरवालले बताएका छन् ।

सेवा नै भगवानको पुजा गरेजस्तै भएकाले भविस्यमा पनि सहयोगको प्रतिबद्धता जनाएका थिए ।