कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको गाडीमा आगो लगाइयाे

पुष १८, २०७७

एटुजेड अनलाइन खबर


सुर्खेत, पुस १८ : कर्णाली प्रदेशसभा सदस्य एवं अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको गाडी जलाइएको छ।

उनी चढ्ने कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी शुक्रबार राति भेरी नगरपालिका-७ जाजरकोट स्याउली बजारको पुन्म भन्ने ठाउँमा आगो लगाइएको हो।

जलेर गाडी ध्वस्त भएको छ। गाडीमा आगजनी अज्ञात समूहले गरेको बताइएको छ।