मासिँदै मौलिक बस्ती

चैत २६, २०७८

एटुजेड अनलाइन खबर


काठमाडौं, चैत २६ : बढ्दो सहरीकरणले काठमाडौं उपत्यकाका नेवारी बस्तीहरू मासिदै गएका छन् । गोरखा भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरूलाई तहसनहस बनायो । काठमाडौं उपत्यका र नेवार समुदाय आपसमा पर्याय र परिपूरक हुन् ।

ऐतिहासिक पुतात्त्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जिवन्त बनाइरहेको छ । यहाँको बस्ती, भाषा र कलाले धेरैको ध्यान तानेको छ ।

प्रकृति र मानव सृजित विभिन्न हन्डर–ठक्कर खाएर पनि उभिइरहेको उपत्यकाको नेवार बस्तीलाई न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले तस्बिरमा देखाउने प्रयास गरेका छन् ।

किर्तिपुरको नेवारी परम्परा झल्कने लहना भोजनालयमा ओखलमा मसला कुटदै । यहाँ नेवारी संस्कृती झल्कने भेषभुषा र परम्परागत सरसामान प्रयोग गरेर पाहुनालाई सत्कार गरिन्छ ।
किर्तिपुरको परम्परागत झयालबाट हेर्दै महिला ।
खोकनामा भुकम्पपछि पुरानै ढाचामा पुर्ननिर्माण गरिएको बस्ती ।
च्यासलको लाक्षी रहेको एक फल्चामा बसेका स्थानीयहरु ।
ललितपुरको बुङमतीमा देवताको नाममा बनाइएको ऐतिहासिक पुरातात्विक पोखरी ।
भक्तपुरको दरवार परिसर रहेको एक मन्दिरमा चित्र बनाउदै कलाकार ।
ललितपुरको सिद्धिपुरमा सुकुल बुन्दै महिला । यहाँको सुकुल देशभर प्रख्यात छ ।
हरिसिद्धिको फल्चामा बसेका दौतरी बृद्धा ।
ललितपुरको बाँडेगाँउ ।