यस वर्ष ठूलो पर्दामा देखिँदै शाहरुख खान

पुष १९, २०७७

एटुजेड अनलाइन खबर


मुम्बई, पुस १९ : बलिउड किङ खान शाहरुख खानले आफ्ना प्रशंसकका लागि नयाँ वर्षको शुभकामनासँगै एक नयाँ खरब पनि दिएका छन् ।

भिडियो पोस्ट गर्दै उनले ठूलो पर्दामा आउनेबारे जानकारी दिएका छन् । दुई वर्षदेखि फिल्ममा नदेखिएका शाहरुख खान २०२१ मा भने ठूलो पर्दामा देखिने भएका छन् ।

उनले आफूले केही नयाँ गर्न लागेको बताएका छन् ।

उनले भने, ‘२०२० सबैका लागि नराम्रो सावित भयो । यदि कसैको जिन्दगी निरन्तर ओरालो लाग्छ भने उससँग एक मात्र विकल्प बाँकी रहन्छ । त्यो हो माथि उठ्नु । नयाँ वर्ष सबैका लागि उत्साहित बनोस् ।’

उनले आफू नयाँ वर्षको उमंगसँगै ठूलो पर्दामा देखिने बताएका छन् । ‘यो भिडियो पनि मैले आफैं बनाएको हुँ । किनकी मसँग अहिले मेरो टिम छैन । तपाई सवैलाई प्रेमसँगै २०२१ मा ठूलो पर्दामा भेट हुनेछ ।