काठमाडौँको धुम्मिएको आकाश भोलिबाट खुल्ने

पुष २२, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, पुस २२ : आइतबारदेखि धुम्मिएको काठमाडौँ उपत्यकाको आकाश भोलिबाट खुल्ने भएको छ। आजदेखि घाम लाग्ने भएकाले मौसममा बिस्तारै सुधार हुँदै आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन यता मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण निकै बढेको हुँदा सावधानी अपनाउन अपिल गरेको छ ।

वायु प्रदूषण अत्याधिक बढेको हुँदा मानव स्वास्थ्यमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रहन सबैमा मन्त्रालयले अपिल गरेको हो ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरेर आकस्मिक रुपमा निम्नअनुसारका काम गर्न सरोकारवालाहरु सबैमा अनुरोध गरेको छ ।