आगलागीबाट जुम्लामा २४ घर नष्ट

माघ १३, २०७७

एटुजेड अनलाइन खबर


जुम्ला, माघ १३ : जुम्लाको एक गाउँमा आगलागी हुँदा २४ घर जलेका छन् । तीला गाउँपालिका–७ पोख्रीगोठीमा मंगलबार साँझ आगलागी भएको हो ।

साँझ ७ बजेबाट सुरु भएको आगो अझै नियन्त्रणमा नआएको जुम्लाका डिएसपी माधवप्रसाद काफ्लेले जनाएका छन् । आगलागी भएको स्थान सदरमुकामबाट करिब तीन घण्टाको पैदल दूरीमा पर्छ।

आगो नियन्त्रणका लागि प्रहरी घटनास्थलतर्फ गएको छ । आगलागी भएको स्थानसम्म गाडी नपुग्ने भएकाले घटनास्थल पुग्न ढिला भएको र आगलागीको कारण र क्षतिबारे थाहा नभएको काफ्लेले बताएका छन् ।