-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
काठमाडौं, माघ १३ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश इञ्चार्ज शङ्कर पोखरेलले नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि घेराबन्दी शुरु गरिएको बताएका छन ।
नेकपा ओली पक्षीय राष्ट्रिय युवा सङ्घ नेपालको प्रदेशस्तरीय भेलालाई आज बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको गुमेका भूभाग समेटिएको चुच्चे नक्सा संसद्मा पारित भई सार्वजनिक भएपछि विवाद सिर्जना गर्ने काम गरिएको उल्लेख गरे ।
नयाँ नक्साकै कारण आजको सङ्कट आएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको आँट र साहसकै कारण चुच्चे नक्सा सार्वजनिक गरिएको बताए । उनले राष्ट्रियताको रक्षाका लागि पनि प्रधानमन्त्रीको पक्षमा उभिन आवश्यक रहेको बताए ।
मुख्यमन्त्री पोखरेलले कारवाहीमा परिने डरले प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गर्न नदिएको उल्लेख गरे ।