बाराको देवतालमा सिंह फेरि अध्यक्षको उम्मेद्‍वार

बैशाख ११, २०७९

एटुजेड अनलाइन खबर


बारा, वैशाख ११ : बाराको देवताल गाउँपालिकाका अध्यक्ष चन्दनकुमार सिंहले लोकतान्त्रिक समाजवादी पार्टीबाट पुन गाउँपालिका अध्यक्ष उठेका छन् । उनले आज मनोनयन दर्ता गराएका हुन् ।

उनी २०७४ को चुनावमा अध्यक्ष निर्वाचित भएका थिए । पार्टीले टिकट दिएपछि राजीनामा गरेर उनले मनोनयन दर्ता गरेका हुन् ।