व्यासमा बाजागाजासहित विवेकशीलका आचार्य र बानुले दर्ता गरे मनोनयन

बैशाख ११, २०७९

एटुजेड अनलाइन खबर


तनहुँ, वैशाख ११ : स्थानीय तह निर्वाचनका लागि व्यास नगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीबाट रमेशप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरमा हसिना बानुले उम्मेदवारी दर्ता गराएकी छिन् ।

बाजागाजासहित गएर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि व्यासको मेयरमा स्वतन्त्रबाट व्यास ९ की पार्वती कार्कीले र मंगोल नेशनल अर्गनाईजेशनबाट नगरप्रमुखमा अनिता थापा मगरले पनि उम्मेदवारी दर्ता गराएकी थिइन् ।

त्यस्तै स्वतन्त्रबाट व्यास नगरपालिका वडा नं. १० मा युवा सागर घिमिरेले र मंगोल नेशनल अर्गनाइजेशनबाट व्यास ५ को वडाअध्यक्षमा बेलीसरा थापाले उम्मेदवारी दर्ता गराएका थिए ।

तनहुंका ठूला राजनीति दलहरुले सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने छन् ।