झापामा एमाले छाडेका श्यामसुन्दर ओली राप्रपाबाट मेयरको उम्मेदवार

बैशाख ११, २०७९

एटुजेड अनलाइन खबर


काठमाडौं, वैशाख ११ : झापामा नेकपा एमालेबाट आएका श्याम सुन्दर ओलीलाई राप्रपाले कनकाई नगरपालिकाको मेयरको उम्मेदवार बनाउने भएको छ ।

आइतबार नै एमाले परित्याग गरी राप्रपामा प्रवेश गरेका ओली मेयरको उम्मेदवार बन्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

ओलीलाई आइतबार नै झापामा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा प्रवेश गराएका थिए । ओली कलाकार खुश्बु ओलीका बाबु हुन् ।