धनगढी उपमहानगरपालिकाको प्रमुखमा दश जनाको उम्मेदवारी

बैशाख १३, २०७९

एटुजेड अनलाइन खबर


धनगढी, वैशाख १३ : धनगढी उपमहानगरपालिका प्रमुखमा दश जना र उपप्रमुखमा सात जनाको उम्मेदवारी परेको छ।

यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा दलदेखि स्वतन्त्र गरी नगर प्रमुखमा दश जना र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीबाट भारती थापा, नागरिक उन्मुक्ति पार्टीबाट निमकुमार चौधरी, जनता समाजवादी पार्टीबाट कलेन्द्र ऐर, राष्ट्रिय जनमोर्चा पार्टीबाट अञ्जना श्रेष्ठ तथा स्वतन्त्रबाट व्यवसायी गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट (मुकुन्द) ले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए।