पछिल्लो २४ धन्टामा ५ जना कोरोना संक्रमित

बैशाख १७, २०७९

एटुजेड अनलाइन खबर


काठमाडौं, वैशाख १६ : पछिल्लो २४ धन्टामा ५ जना कोरोना संक्रमित थपिए छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ धन्टामा २ हजार २ सय १४ जनाको परिक्षण गर्दा थप ५ जना संक्रमित थपिएका हुन्। यस्तै १७ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ धन्टामा देशभर ७४ हजार ६ सय ४६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

देशभर हालसम्म २ सय ३० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।