‘गठबन्धनको ह्वीप मतदाताले मान्दैनन्, एमालेले ५० लाख बढी मत ल्याउँछ’

बैशाख १८, २०७९

एटुजेड अनलाइन खबर


महानगर र उपमहानगर पालिकामा नेकपा एमालेविरुद्ध सत्तागठबन्धनले साझा उम्मेदवार उठाएको छ । देशभर गठबन्धन नभए पनि एमालेसँग तालमेल नगर्न गठबन्धनको निर्देशन छ ।

तर लगभग एकल प्रतिस्पर्धामा उत्रिएको एमालेका सचिव योगेश भट्टराई भने गठबन्धनको ह्वीप मतदाताले नमान्ने तर्क गर्छन् । गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता लिन आफ्नै कार्यकर्तालाई दिएको निर्देशन समेत कार्यान्वयन नभएको बताउने भट्टराई भन्छन्, ‘मतदातालाई शेरबहादुर देउवाजीको ह्वीप लाग्छ रु प्रचण्डजीको ह्वीप लाग्छ रु मतदाताले त्यस्ता सबै ह्वीप तोडिदिन्छन् ।’

अहिले पनि एमाले दक्षिण एसियाकै बलियो पार्टी भएको भन्दै उनले आगामी चुनावमा ५० लाख बढी मत ल्याउने दाबी गरे । ‘‘हाम्रो मत ५५ लाख हुन्छ । यसमा माधव नेपालले लैजाने एकरदुई लाख घटाउँदा एमालेको लोकप्रिय मत ५० लाख कट्छ’, भट्टराई भन्छन् । प्रस्तुत छ, अनलाइनखबरसँग भट्टराईले गरेको कुराकानीको सम्पादित अंशः

स्थानीय चुनावमा साझा उम्मेदवार तयार पार्ने सत्तारुढ गठबन्धनको निर्णयमा देखिएको समस्याले एमाले खुशी होला, हैन ?

गठबन्धनको निर्णयले एमाले खुशी वा निराश हुने हुँदैन । एमाले आफ्नै राजनीतिक आधारमा अडिएको पार्टी हो । कार्यकर्ता र जनतामा आधारित दक्षिण एसियामा अहिले दुई ठूला र बलिया पार्टी छन्, भारतमा बीजेपी र नेपालमा एमाले । दुवै पार्टी सुदृढ संगठनात्मक संरचना भएका पार्टी हुन् ।

एमाले अचानक बनेको पार्टी होइन । पार्टी निर्माणकै क्रममा सात दशक बितायौं । यो सात दशकमा एमाले समाजका प्रत्येक अंग प्रत्यंगमा पुगेको छ ।

एमाले टुप्पोबाट फलेको पार्टी होइन, यो जगबाट बनेको पार्टी हो । सानातिना झोक्काहरुको सामना एमालेले गर्दै आएको छ, गर्छ । आज पनि एमाले त्यत्तिकै बलियो पार्टी छ । त्यसैले एमालेलाई हराउने एक मात्रै उद्देश्यले गठबन्धन बनेको छ । एमाले कमजोर भएको भए गठबन्धन बन्ने नै थिएन । कांग्रेस, माओवादी र माधव नेपाल आफैं चुनाव लड्ने हुन्थ्यो होला । तर उहाँ सबैको स्वार्थ एमाले हराउने हो ।

एमाले दक्षिण एसियाको बलियो पार्टी थियो होला ?

आज पनि छ । जनसंख्याका हिसाबले हामी भन्दा बांग्लादेश, पाकिस्तान ठूलो छ । त्यहाँका पार्टीहरुको सदस्यता बढी होला । तर जनसंख्याको अनुपातका हिसाबले एमाले बलियो पार्टी हो ।

तर आज एमाले विभाजनको पीडा खेपिरहेको छ त ?

आधारभूत हिसाबले एमाले विभाजित भएको छैन । मात्रात्मक हिसाबले विभाजित छ । सिद्धान्तको हिसाबले एमाले विभाजित छैन । एमालेबाट अलग हुनेहरुले पृथक सिद्धान्त बोक्नु भएको छ र रु जनताको बहुदलीय जनवाद हुँदै समाजवादमा जाने लक्ष्य हो, माधव नेपालले लिएको पनि र सगौरव एमालेकालीन अवस्थाको उपलब्धिको श्रेय आफूले पनि पाउनुपर्छ भनिरहनुभएको छ ।

संगठनात्मक हिसाबले अलग पार्टी बनाउन संविधान र कानूनले संसदीय दल र पार्टी केन्द्रीय कार्य समितिमा ४०र४० प्रतिशत चाहिने थियो । तर ४० प्रतिशत पुर्याउन नसकेर २० प्रतिशतको सुविधा दिइयो । त्यसो हुनाले संगठनात्मक रुपमा एमाले विभाजित भयो भन्न म सक्दिनँ ।

जनमतको कुरा गर्दा गएको चुनावमा एमालेले ३२ लाख लोकप्रिय मत पाएको हो । यसपटक ३६ लाख मतदाता थपिएका छन् । त्यसमा ८० प्रतिशत २३ वर्ष उमेर समूहका छन् । अहिले देशभर कुनै राजनीतिक कार्यक्रममा क्रेज छ भने त्यो एमालेमा देख्नु हुन्छ ।

सामाजिक सञ्जालमा मात्रै स्याम्प्लिङ गर्नुभयो भने पनि झण्डै ७० प्रतिशत एमाले छन् । गीतमा नाचेर टिकटक बनाउने एमाले नै छन् । त्यो ३६ लाख मतदाता मध्ये झण्डै २० लाख मतदाता एमाले हुन् ।

एमालेमै रहेका माओवादी पृष्ठभूमिका पाँच लाख होलान् । गएको चुनावमा मधेशमा हामीलाई पस्न दिइएको थिएन । एकदमै कठिन थियो । धेरै मत खुम्चिएको थियो । तर आज मधेश प्रदेशको मुख्य शक्ति एमाले भएर आएको छ । दुईरचार लाख मत मधेशमा थपिन्छ । सवैभन्दा धेरै मतदाता भएको प्रदेश मधेश हो ।

प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी जस्ता एमालेको आधार भएका ठाउँमा विभाजनको असर छैन । थोरै असर कर्णाली र सुुदूरपश्चिममा हो । यी आधारमा हाम्रो मत ५५ लाख हुन्छ । यसमा माधव नेपालले लैजाने एक दुई लाख घटाउँदा एमालेको लोकप्रिय मत ५० लाख कट्छ ।

तपाईँले त अहिलेसम्म कुनै पनि दलले ल्याउन नसकेको मत संख्याको पो दाबी गर्नुभयो त ?

हामी त्यसै हावामा राजनीति गरेका छैनौं । हाम्रो आधार, वर्ग, उमेर समूह, सामाजिक बनोटमा एमाले कहाँ छ, पहाड र मधेशमा कति छौं जस्तो विगतका ट्रेन्ड हेर्छौं ।

जस्तो– २०७० सालको चुनावमा अशोक राई लगायत कमरेडहरुले पार्टी छोड्नुभयो । त्यसबेला एमाले जनजाति विरोधी पार्टी भनेर अभियान नै चलाइयो । त्यसको असर पूर्व र गण्डकी प्रदेशमा ज्यादा परेको थियो । तर नतिजा भने ताप्लेजुङदेखि सोलुखम्बु र ओखलढुंगासम्म, उता लमजुङ, बाग्लुङ, पर्वत, कास्की जस्ता जनजाति बहुल क्षेत्रमा ९० प्रतिशत एमालेले जितेको छ । म एमालेको शीर्ष ठाउँमा छु भने मेरो पार्टीको प्रभाव कहाँ–कहाँ छ, पार्टी कसरी गइरहेको छ भन्ने आँकलन गर्छु ।

गठबन्धनको शक्ति पनि आँकलन गर्नु भएकै होला ?

बहुदलीय प्रतिस्पर्धाको राजनीतिक सिद्धान्तमाथि नै गठबन्धनले धावा बोलिरहेको छ । अरुलाई त भन्दिनँ, माओवादीको बहुदलीय प्रतिस्पर्धामा धेरै लगाव पनि होइन । माधव नेपालजीको पहिलेबाटै लगाव हो । तर कांग्रेसलाई भन्छु– जसको जन्म नै बहुदलीय व्यवस्थालाई आदर्श मानेर भयो । आज त्यो पार्टी बहुदलीय प्रतिस्पर्धाका न्यूनतम आधारभूत कुरालाई छोडिरहेको छ ।

बहुदलीय व्यवस्था भनेको प्रतिस्पर्धाको व्यवस्था हो । प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने र श्रेष्ठता हासिल गर्नेले शासनको बागडोर सम्हाल्ने होइन । आज कांग्रेस त्यो सिद्धान्त र जगमा उभिएको छ रु कांग्रेसले त लिक छोडिसक्यो ।

त्यसैले एमालेको काँधमा अरु दायित्व थपिएको छ । खासगरी कांग्रेसले बोकिरहेको उदार लोकतान्त्रिक स्पेस संकटमा छ । कांग्रेसले त्यो ठाउँ गठबन्धनकै कारणले गुमाउँदैछ । कालो कांग्रेस, चैते कांग्रेसको कुरा नगरौं, सच्चा कांग्रेसले लिक छोडिरहेको छ । उनीहरुले उदार लोकतान्त्रिक शक्ति त बनाउन सक्दैनन् । त्यो सच्चा लोकतान्त्रिक मान्छेलाई एमालेले संरक्षण दिनुपर्छ ।

माओवादीभित्र पनि दलाल पुँजीवादसँग लडिरहेको वामपन्थी, प्रगतिशील तप्का छ । त्यो पंक्ति कांग्रेससँग मिलेर समाजवादसम्म पुगिन्छ भन्नेमा विश्वास गर्दैन । उनीहरुलाई विचलित हुन नदिनु एमालेको दायित्व हो ।

प्रचण्डजीले छोड्नुहोस् भन्दा आफ्नै कार्यकर्ताले त मानिरहेका छैनन् । देउवाजीले पटक–पटक भन्दा र टोली पठाउँदा त मानिरहेको छैनन् आफ्नै सदस्यहरुले । मतदातालाई शेरबहादुर देउवाजीको ह्वीप लाग्छ रु प्रचण्डजीको ह्वीप लाग्छ रु मतदाताले त्यस्ता ह्वीप सब तोडिदिन्छन् ।

गठबन्धनका नेताहरू तालमेल मिलाए पुग्छ भन्ने मुडमा देखिन्छन् । तर एमाले नेताहरु असिन–पसिन देखिन्छन् । यो डराएको, आत्तिएको प्रमाण होइन र ?

ब्रह्माले मान्छे बनाउन खोजे । त्यसका लागि विभिन्न ठाउँबाट एउटा एउटा चिज ल्याएर जोडे, तर त्यो मान्छे नभएर ऊट बन्यो । गठबन्धन त्यस्तै हो । जोडजाडले एउटा शक्ति त हुँदैन । त्यसको आयतन अलिकति ठूलो देखिन्छ । तर, त्यसमा इम्युनिटी पावर हुँदैन । गठबन्धनसँग प्रतिरोधात्मक क्षमता छैन ।

कहिलेकाँही विभिन्न टिमका खेलाडी ल्याएर टिम बनाइन्छ । तर खेलाडीहरुबीच पास दिने तालमेल हुँदैन । एउटा टिमभित्र पो खेलाडीको सन्तुलन हुन्छ । गठबन्धनभित्र के मिल्छ रु केही मिल्दैन ।

फेरि एमाले अलराउण्डर हो । ब्याटिङमा पनि छक्का हान्छ, विकेट पनि लिन्छ । अर्को टिम त हेरेको हेर्यै हुन्छ ।

एमालेले पनि साना दलहरुसँग तालमेल गरेको छ त ?

एक प्रतिशत होला । कांग्रेसले त हरेक प्रचार सामग्री नै सुधार्नुपर्छ । एमालेले पर्दैन । एमालेले सात सूर्य, सात छाप भनेर प्रचार गर्छ । ९९ सय प्रतिशत ठाउँमा हामीले भन्ने यही हो । तर कांग्रेसले सात रुख, सात छाप भनेपछि भरतपुरमा के हुने रु पोखरामा के हुने रु इटहरी र धरानमा के हुने रु सयौं ठाउँमा के हुने रु त्यसैले कांग्रेसले केन्द्रीय प्रचार सामग्री नै बनाउन सक्दैन ।

सात हँसिया हथौडा, सात छाप भन्न सक्छ माओवादीले रु माधव नेपालले सात छाप भन्न सक्नुहुन्छ रु उहाँहरुलाई चुनाव चिह्नमै अल्मलाइदिएका छौं । हामी त अगाडि गइसक्यौं ।

प्रचार सामग्री बनाउन सजिलो होला । तर ०७४ को चुनावी नतिजा हेर्दा त परिणाम अर्कै आउने सम्भावना बढी देखिन्छ नि ?

हेर्नुहोस्, डोनाल्ड ट्रम्पको भन्दा हिलारी क्लिन्टनकै इक्जिट पोल राम्रो थियो । ट्रम्पले चुनाव जिते । मिडियाको प्रोजेक्सनमा त हिलारी नै थिइन् । दोस्रोपटक पनि त्यस्तै थियो । त्यसैले यस्ता कुरा चुनाव अगाडि समाचार खपत गर्ने कुरा हुन् ।

म सबै इक्जिट पोल गलत हुन्छ भन्दिनँ । तर कहिलेकाहिँ मिडियाले पनि अनुमान नै लगाउन सक्दैन । मलाई विश्वास छ, नेपालको मिडियाले एमालेको नाडी पक्कै छामेको छ । एमाले कहाँ छ भन्ने नेपालको मिडियाले बुझेको छ । एमालेसँग मिडियाको नङ र मासुको सम्बन्ध छ । त्यसैले गठबन्धन बलियो छ भनेर कुनै इक्जिट पोल निस्कन्छ भन्ने लाग्दैन । यदि कसैले निकाल्छ भने त्यसको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्छ । किनभने भोलिको परिणामले प्रश्न उठाउँछ ।

तर ०७४ को प्रदेश तथा प्रतिनिधिसभा चुनावमा तपाईँहरुले पनि माओवादीसँग गठबन्धन गरेको होइन ? अहिले यति धेरै आशंका र आरोप किन ?

हामी गाउँका मान्छे हौं । खेतमा जोत्दा दुई वटा गोरु जोत्छौं । गोरु र राँगाको हल मिल्दैन । काले र पुँडे गोरु हुनसक्छ । गोरु त गोरु हो नि । रंग नमिले पनि जुवा मिल्छ । कांग्रेस र माओवादीको गठबन्धनमा केमेस्ट्री मिल्छ रु एचटुओ भएपछि पानी निस्कन्छ । यो गठबन्धनले कुनै तत्व निकाल्दैन । एमाले र माओवादीको समीकरण एचटुओ थियो । हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यो । यहाँ बन्दैन ।

गठबन्धन बेठीक भन्दिनँ । तर, जसको प्रि–इलेक्सन र पोस्ट इलेक्सन गठबन्धन हुन सक्नुपर्छ । जस्तो– ०७४ सालमा गठबन्धन गर्यौं । गठबन्धन मात्रै भएन, पार्टी नै एकता गर्यौं । टिकेन बेग्लै कुरा हो । त्यसको छुट्टै व्याख्या गरौंला । यो हल नमिलेको, केमेस्ट्री नमिलेको, वैज्ञानिक सिद्धान्त नमिलेको गठबन्धनले नकारात्मक परिणाम दिन अनिवार्य छ । त्यो नकारात्मक परिणामको फाइदा एमालेले लिन्छ ।

गठबन्धन किन गर्यौं भन्नेमा जस्तो तर्क दिइएको छ, त्यो तर्क कमजोर त छैन !

पार्टीको सदस्यलाई त ह्वीप लागिरहेको छैन । प्रचण्डजीले छोड्नुहोस् भन्दा आफ्नै कार्यकर्ताले त मानिरहेका छैनन् । देउवाजीले पटक–पटक भन्दा र टोली पठाउँदा त मानिरहेको छैनन् आफ्नै सदस्यहरुले । मतदातालाई शेरबहादुर देउवाजीको ह्वीप लाग्छ रु प्रचण्डजीको ह्वीप लाग्छ रु मतदाताले त्यस्ता ह्वीप सब तोडिदिन्छन् ।

किनभने यो अनैतिक गठबन्धन हो । अनैतिक गठबन्धनसँग मतदाता किन टाँसिन्छन् रु सामान्य नागरिक र मतदाताका निम्ति उहाँहरुको ह्वीप मान्नुपर्ने अनिवार्य छैन । उहाँहरुलाई होला ।

हरेक दिन बिहान बालुवाटारमा बैठक बस्नुहुन्छ, विज्ञप्ति जारी गर्नु हुन्छ । यिनीहरुले जारी गरेको विज्ञप्ति कार्यकर्ताले कार्यान्वयन गर्छन् रु जनताले कार्यान्वयन गर्छन् रु म त भन्छु– कांग्रेसको २५ प्रतिशत केन्द्रीय सदस्यले यो विज्ञप्ति कार्यान्वयन गर्दैनन् । उनीहरु स्वतन्त्र भोट हाल्छन् । माओवादीको पनि त्यही हो ।

चुनावमा पुग्दा कलम त धेरै सूर्यतिर फर्कन्छन् । मसी सुकेको कलममा त कोही बस्दैन । बस्नुपर्ने औचित्य नै छैन । किनभने त्यो कलम नयाँ होइन । त्यसले नयाँ के दिएको छ रु के एजेण्डा नयाँ दिएको छ रु

एकीकृत समाजवादीले उठाएको संविधान र व्यवस्था जोगाउने एजेण्डा नयाँ होइन ?

को संविधान विरोधी छ र १ राजेन्द्र लिङ्देन त संविधानभित्र हुनुहुन्छ । संविधान घोषणा गरेको बेला उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोहरुले त संविधान च्यात्नुभयो नि १ एमालेले उहाँहरुलाई संविधानको ट्र्याकमा ल्याएको छ ।

संविधान र व्यवस्था मान्दैनौं भन्ने सिके राउतलाई एमालेले मूल प्रवाहमा ल्याएको हो । विप्लवजीलाई मेन स्ट्रिममा ल्याएको होइन ? को संविधानको विरोधी छ ?

अब संविधानको अभ्यास गर्दा प्रधानमन्त्रीले कहिलेकाहिं शक्तिको अभ्यास गर्न सक्छ ।

त्यो ठीक वा बेठीक समीक्षा हुन्छ । अदालतले एउटा समीक्षा गरिसकेको छ । फेरि कोही प्रधानमन्त्री म संसद विघटन गर्दिनँ भनेर कसम खान्छ रु खाएको छ रु गिरिजाप्रसादले गर्नुभएन रु शेरबहादुर देउवाजीले गर्नुभएन रु बरु केपी ओलीले संसद विघटन गरेपछि उत्पन्न परिस्थितिले शेरबहादुर देउवाको हातमा सरकार गयो । शेरबहादुर देउवाजीले संसद विघटन गर्दा सत्ता कहाँ सुम्पनु भयो रु राजालाई सम्पनु भएन रु प्रतिगमन र अग्रगमन भन्नेहरुले यसलाई पनि हेर्नुपर्छ ।

कांग्रेसले यसको जवाफ घोषणापत्रबाट दिएको छ, सायद !

हाम्रो आलोचनामा कांग्रेसले घोषणापत्रमा एक ठाउँ लेखेको रहेछ– एमालेले ठूलाठूला परियोजना, मेघा परियोजना बनायो । यस्तो समृद्धिको कुरा गरेर हुन्छ रु एयरपोर्ट, पानी जहाज, पहाडका टाकुराबाट रेल कुदाउने कुरा गरेर हुन्छ रु मेघा प्रोजेक्टमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनायौं । कांग्रेसलाई चित्त बुझ्दैन भने खसी पालन गर न त्यहाँ, कुखुरा पालन राख ।

पूर्वपश्चिम पुष्पलाल मध्यपहाडी हाइवे बनायौं । पाँचथरको च्याङ्थापुदेखि बैतडीसम्म पुग्न सक्नुहुन्छ । यो परियोजना मन पर्दैन भने भत्काऊ । कांग्रेसले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछ कि बनाउँदैन रु एमालेले पूर्वपश्चिम हाइवे फोर लेनको बनाउने परियोजना अगाडि सार्यो । ठूला आयोजना बनाउन हुन्न भने त्यो परियोजना खारेज गर । कांग्रेसले गर्न सक्छ रु अपर तामाकोशी कांग्रेसले भत्काउँछ रु पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कांग्रेसले ताला लगाउँछ ?

तर कांग्रेसले ठूला परियोजना भन्दा पनि बढी प्राथमिकता मान्छे हो भनेर स्वास्थ्य, शिक्षा र रोजगारको कुरा गर्न पाउँदैन ?

नवउदारवादीहरु, जसले मान्छेलाई वस्तुका रुपमा प्रयोग गर्छन्, तिनीहरुले हामीलाई मान्छेको मूल्य सिकाउने रु जसले जिन्दगीभर मान्छेका निम्ति लडेको छ ।

कम्युनिष्ट आन्दोलन, मार्क्सवादी विचार भनेको मान्छेका लागि लडेको होइन रु त्यसविरुद्ध खडा भएको होइन, पुँजीवादी नवउदारवाद रु जसले मान्छेलाई वस्तुका रुपमा प्रयोग गर्यो, तिनीहरुले हामीलाई मान्छेको मूल्य सिकाउने ?

हामीबाट सिकेका हुन्, ती कुरा । जेष्ठ नागरिक भत्ता हामीले दियौं, कांग्रेसले काट्न सकेन । अपाङ्ग भत्ता हामीले दियौं, कांग्रेसले काट्न सकेन । दलित समुदायको शिक्षा र स्वास्थ्यको कुरा, महिलाहरुलाई अस्पतालमा सुत्केरी हुँदा भत्ता दिने कुरा, कृषिमा अनुदानको कुरा गर्यौं, कांग्रेसले काट्न सकेन । यो त हाम्रो कार्यक्रमको निरन्तरता हो । कांग्रेसले त्यसलाई पछ्याउँदैछ ।