मदनकृष्ण र हरिवंशको छोटो फिल्म ‘सरी ज्वाइँ साब’ युट्युबमा

बैशाख २०, २०७९

एटुजेड अनलाइन खबर


काठमाडाैं, वैशाख २० : कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको छोटो फिल्म ‘सरी ज्वाइँ साब’ युट्युब ट्रेन्डिङमा परेको छ। चार दिनअघि युट्युब च्यानल महसञ्चारमार्फत् सार्वजनिक यो फिल्म अहिले युट्युब ट्रेन्डिङको ५ नम्बरमा परेको हो।

चालीस मिनेट हाराहारीको यो फिल्म समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण भएको हो। फिल्मले लागुऔषध सम्बन्धी जनचेतनामूलक सन्देश दिने प्रयास गरेको छ।

फिल्म मह जोडीबाहेक प्रथम क्षेत्री, नवीन लम्साल, पूर्णबहादुर शारू, बसन्त सापकोटा, नानु बस्नेत, सावित्रा खड्का, दिपिशी बिसी, सविना गोपाली, बिमल खड्का, रोशनी गौतम लगायतको अभिनय छ।

फिल्मको कथा, पटकथा र संवाद हरिवंशकै हो। निर्देशन भने मह जोडीले गरेका हुन्।