-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
हुम्ला, माघ १९ : हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।
शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पतालका डा टसी आङ्जुक लामाले जानकारी दिए। फोक्सोको रगत नलीमा अड्किएको फोहर पानी बाहिर जान नसक्दा मृत्यु भएको डा लामाले जानकारी दिए ।
सुत्केरी व्यथा लागेको केही समयपछि गाउँबाट जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याए पनि उपचार हुन नसक्दा आज बिहान मृत्यु भएको हो । ती महिलाले पाँच महिनाको शिशुलाई जन्म दिएको जानकारी प्राप्त भएको छ । भौगोलिक विकटताका कारण समयमै उपचार हुन नसक्दा हुम्लाका गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु परेको छ ।