अग्रता जोगाउन नसक्दा पीएसजी रोकियो

बैशाख २६, २०७९

एटुजेड अनलाइन खबर


लन्डन, वैशाख २६ : फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा २-० को अग्रता जोगाउन नसक्दा पीएसजी ट्रोएससँग २-२ गोलको बराबरीमा रोकिएको हो।

पिएसजीले घरेलु मैदान पार्क प्रीन्सेसमा भएको खेलमा मार्किन्होस र नेयमारले गोल गर्दा २-० को अग्रता बनाएको थियो ।

तर ट्रोएसका इके उग्वो र फ्लोरिएन टारडिउले गोल फर्कापछि दुबै टोली अंक बाढ्न बाध्य भए । बराबरीसँगै पीएसजीको ३६ खेलबाट ८० अंक छ । ट्रोएस ३७ अंक जोडेर १५औं स्थानमा छ ।