आईपीएल : दिल्लीले सम्भावना बढाउँदै

बैशाख २९, २०७९

एटुजेड अनलाइन खबर


मुम्बई, वैशाख २९ : अस्ट्रेलियाका मिचेल मार्सले बनाएको ८९ रनको मदतले दिल्ली क्यापिटल्सले बुधबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा राजस्थान रोयल्सलाई आठ विकेटले हरायो र आफ्नो प्लेअफ सम्भावना बढाउन सफल रह्यो ।

यो जितपछि दिल्लीको १२ अंक भएको छ र पाँचौं स्थानमा उक्लेको छ । जितका लागि १ सय १६ रन पछ्याइरहेको दिल्लीका लागि डेविड वार्नर मार्सले दोस्रो विकेटका लागि १ सय ४४ रनका साझेदारी गरे र टिम ११ बल बाँकी छँदै लक्ष्यसम्म पुग्न सफल रह्यो ।

राजस्थान भने अझै १४ अंकमा तेस्रो स्थानमा रहेको छ । उसका लागि रविचन्द्र आश्विनले ५० र देवदत्त पडिक्कलले ४८ रनको योगदान दिए ।