‘गठबन्धनले चुनावमा सार्थक परिणाम दिँदैन’

बैशाख ३०, २०७९

एटुजेड अनलाइन खबर


चितवन, वैशाख ३० : नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले चुनावमा गठबन्धनले सार्थक परिणाम नदिने बताएका छन् । चितवनको भण्डाराको अस्पतालको मतदान केन्द्रबाट मतदान पछि प्रतिक्रिया दिँदै पाण्डले गठन्बनधा नेताहरुले एकले अर्कालाई एक्ल्याइएको आरोप लगारहेको उदाहरण दिए ।

उनले आफ्नो पार्टी एक्लै काफी रहेको भन्दै विजयको बाटो आफैं तय गर्ने दावी गरे । उनले देशभर ७० देखि ८० प्रतिशतसम्म मत खस्ने खालको उत्साह देखिएको बताए ।