कोहलपुरमा एमाले-माओवादी खुकुरी हानाहान, दुईजना घाइते

बैशाख ३०, २०७९

एटुजेड अनलाइन खबर


काेहलपुर, वैशाख ३० : बाँकेको कोहलपुरस्थित एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा खुकुरी प्रहार भएको छ। कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको हो।

त्यसक्रममा खुकुरी प्रहार हुँदा दुवै पक्षका एक एक जना घाइते भएका छन्। गएराति खुकुरी प्रहारबाट पार्टीनिकट योङ कम्युनिस्ट लिग ९वाईसीएल०का नेता राजु शाही र एमालेका विजय थापा घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बताए।

अहिले दुवै घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।