स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना

बैशाख ३०, २०७९

एटुजेड अनलाइन खबर


स्याङ्जा, वैशाख ३० : स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।

सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

जिपमा कति जना सवार थिए र उनीहरुको अवस्थाबारे जानकारी आइनसकेको उनले बताए ।