१२ जीबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक गर्दै भिभो

माघ २१, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, माघ २१ : चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले १२ जीबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । गुगल प्ले कन्सोलमा सूचीकृत भएको एक सूचना अनुसार भिभोले बजारमा नयाँ फोन ल्याउने तयारी गरेको हो ।

सो सूचना अनुसार उक्त फोनमा डाइमेन्सिटी ११०० चिप सेट रहने छ । मिडियाटेकले सार्वजनिक गरेको डाइमेन्सिटी ११०० चिपसेटमा आधारित भएर बजारमा आउने यो नै पहिलो फोन हुन सक्ने आँकलन गरिएको छ ।