बेलायत भन्छ- युक्रेनलाई थप हतियार पठाऔं, पुटिनमाथि दबाब जारी राखौं

बैशाख ३०, २०७९

एटुजेड अनलाइन खबर


बेलायत, वैशाख ३० : बेलायतका शीर्ष कूटनीतिज्ञले युक्रेनलाई रुसविरुद्ध लड्न थप अन्तर्राष्ट्रिय प्रयासहरू गर्न आह्वान गरेका छन्। बेलायती विदेश सचिवले युक्रेनलाई सहयोग गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब जारी राख्न आवश्यक रहेको बताएकी हुन् ।

बेलायती विदेश सचिव लिज ट्रसले शुक्रबार सात शक्तिशाली अर्थतन्त्रहरूको समूह जी७ का आफ्ना समकक्षहरूसँगको बैठकमा पत्रकारहरूसँग बोल्दै भनेकी छन्, यस समयमा हामीले युक्रेनलाई थप हतियार आपूर्ति गरेर र प्रतिबन्धहरू बढाएर भ्लादिमिर पुटिनमाथि दबाब जारी राख्नु धेरै महत्त्वपूर्ण छ।’
‘स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्न यस संकटको समयमा जी७को एकता महत्त्वपूर्ण छ,’ उनले थपिन् ।