गर्मीयाममा किन बढी रिस उठ्छ ?

बैशाख ३०, २०७९

एटुजेड अनलाइन खबर


के तपाईंलाई पनि गर्मीयाममा स–साना कुरामा झर्को लागेको महसुस भएको छ ? यदि साना कुरामा पनि रिस उठ्ने गर्छ भने यसको कारण के हो भन्ने कुरा पत्ता लगाएर आफूलाई नियन्त्रण राख्नु पर्छ ।

वास्तवमा तापक्रमको कारणले पनि मानिसलाई रिस उठ्छ । जसका कारण मानिसहरु सडकमा धेरै हर्न बजाउन थाल्छन्, एक–अर्कासंग झगडा गर्न थाल्छन् भन्ने कुरा अमेरिकामा एरिजोना रिसर्च सेन्टरको एउटा अध्ययनबाट पत्ता लगाइएको छ ।

तापक्रम बढ्नाले हिंसा ४ प्रतिशत र सामूहिक हिंसामा १४ प्रतिशतसम्म वृद्धि भएको पाइन्छ ।

वास्तवमा गर्मीयाममा मानिसको शरीरमा स्ट्रेस हार्मोन बढ्न थाल्छ । स्ट्रेस हार्मोनलाई कर्टिसोल पनि भनिन्छ । जाडोयाममा कर्टिसोलको स्तर कम हुन्छ, तर जसै गर्मी बढ्न थाल्छ, त्यसै कर्टिसोलको स्तर पनि बढ्न थाल्छ ।

गर्मीको असर मस्तिष्कमा पर्छ । मस्तिष्कमा जब पर्याप्त अक्सीजन र हाइड्रेशन पुग्दैन, तब मस्तिष्कले प्रतिक्रिया दिन थाल्छ र जसको नतिजा हामीलाई अवसाद, तनाव, रिस उठेको महसुस हुन्छ । जब तापक्रम तातो हुन्छ, तब हाम्रो मुटुको धडकन पनि बढ्न थाल्छ । यसका साथै शरीरमा टेस्टोस्टेरन र मेटाबलिक रिएक्शन पनि बढ्छ, जसले गर्दा नर्भस सिस्टमको प्रक्रिया तिव्र हुन थाल्छ ।

के गर्ने ?

  • आफ्नो मनलाई शान्त राख्नु पर्छ ।
  • बिहानको शुरुवात कुनै मनपर्ने संगीतबाट गर्नु पर्छ ।
  • मोबाइलबाट यथासम्भव बच्नु पर्छ ।
  • धेरै कडा कफी पिउनु हुँदैन ।
  • विवादको स्थितिमा तुरुन्त प्रतिक्रियाबाट बच्नु पर्छ ।
  • गोलभेडाको सेवनबाट बच्नु पर्छ । गोलभेडाले गर्मी गर्ने भएकोले रिसको कारण बन्न सक्छ ।
  • मसलादार र गह्रौं खाना खानु हुँदैन ।
  • पाउडर धुलोमा केसीन पाइन्छ, जसले रिसलाई बढाउछ । त्यसैले कम मात्रामा डेयरी प्रोडक्टको सेवन गर्नु पर्छ ।