बर्दियामा उत्साहपूर्वक मतदान

बैशाख ३०, २०७९

एटुजेड अनलाइन खबर


बर्दियामा मतदान भइरहेको छ । जिल्लाका गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया बाँसगढी नगरपालिका तथा वढैयाताल र गेरुवा गाउँपालिकामा शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको छ ।

मतदाताहरु बिहानैदेखि मतदानस्थलमा मत हाल्न लाइनमा बसेका छन् । बर्दियामा अध्याधिक गर्मी भएपनि मतदाताहरुले प्रवाहै नगरी मतदान गर्न पालो पर्खेर बसेका छन् । बिहान ७ बजेदेखि बेलुकी ५ बजेभित्र मतदान स्थलमा प्रवेश गर्नेहरुले मतदान गर्न पाउने प्रावधान छ । विकास प्रेमी उम्मेदवार चयन गर्न मतदाताहरु आतुर छन् ।

तस्बिर : आशिष पोरवाल