काठमाडौं उपत्यकामा साँझ ८ बजेदेखि सबै किसिमका सवारी चल्न दिइने

बैशाख ३०, २०७९

एटुजेड अनलाइन खबर


काठमाडौं, वैशाख ३० : स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सकिएसँगै आज साँझ ८ बजेपछि सार्वजनिकसहित सबै किसिमका सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ ।

मतदानको निर्धारित समय सकिए पनि अझै मतदाताहरू लाइनमा भएकाले साँझ ८ बजेपछि मात्रै निर्वाध रूपमा सवारीसाधन सञ्चालन गर्न दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

निर्वाचन आयोगले बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । मतदानका लागि आज बिहान ६ बजेदेखि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

यस समयावधिमा ट्राफिक प्रहरीले अनाधिकृत रुपमा सञ्चालन भएका सवारी ‘होल्ड’ गरेको छ ।