चौबीस घण्टामा ७ जनामा कोरोना संक्रमण

बैशाख ३०, २०७९

एटुजेड अनलाइन खबर


काठमाडौं, वैशाख ३० : पछिल्लो चौबीस घण्टामा नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार १४८ पीसीआर परीक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२८९ एन्टिजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन ।

१६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८७३ जना निको भएका छन् । हाल नेपालमा १६४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।