भारतीय नोटसहित एक पक्राउ

माघ २१, २०७७

एटुजेड अनलाइन खबर


माेरङ, माघ २१ : स्रोत नखुलेको एक लाख चार हजार भारतीय रुपैँयासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–९ पाडाजुङ्गीका ३१ वर्षीय अजय बलकोटी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शंका लागेर चेकजाँच गर्दा भारतीय रुपैयाँ पाँच सय दरका २ सय ८ थानसहित उनलाई मोरङको मटेरुवाबाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईले जानकारी दिए । उनलाई थप कारबाहीको लागि एकीककृत भन्सार जाँचचौकी विराटनगर पठाइएको छ ।