भारतमा ग्यासको भाउ बढेर नयाँ उचाइमा

बैशाख ३०, २०७९

एटुजेड अनलाइन खबर


भारत, वैशाख ३० : गत वर्षदेखि लगातार बढिरहेको खाना पकाउने ग्यासको मूल्य अहिले फेरि नयाँ उचाइमा पुगेको छ । अघिल्लो हप्ता ५० भारुले बढेपछि भारतमा अहिले एउटा सिलिन्डरको भाउ एक हजार भारु पार गरेको छ ।

ग्यासको मूल्य सम्बन्धी विषय भारतमा लामो समयदेखि राजनीतिक मुद्दा मानिँदै आएको छ । विपक्षी पार्टीले धेरैपटक यस किसिमको मूल्यवृद्धिविरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरिसकेको छ । तर यो मुद्दा कोभिड महामारीमा अझ बढी संवेदनशील बन्न पुगेको हो । खाद्यान्न र इन्धनको मूल्य अकासिदा यसले निम्न र माध्यम आय वर्गका नागरिकहरुलाई गम्भीर समस्यामा पारिदिएको छ ।

यसको समाधानकै लागि भनेर भारतको केन्द्रीय बैंकले दुई वर्षमा पहिलोपटक ब्याजदर बढाएको छ । तर यति गर्दा पनि सर्वसाधारण महङ्गीको मारबाट बच्न सकेका छैनन् ।बीबीसी ।