७ सय ५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ?

जेठ ०८, २०७९

एटुजेड अनलाइन खबर


काठमाडाैं, जेठ ८ : स्थानीय तह निर्वाचनमा अन्तर्गत हालसम्म ७ सय ५ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसले १८४ गाउँपालिका र १२३ नगरपालिका गरी ३ सय १२ स्थानमा प्रमुख जितेको छ ।

नेकपा एमालेले १२१ गाउँपालिका र ६७ नगरपालिका गरी १९० तहमा जितेको छ ।

नेकपा माओवादी केन्द्रले ९६ गाउँपालिका र २४ नगरपालिका गरी १२० स्थानमा विजय हासिल गरेको छ ।

नेकपा एकीकृत समाजवादीले १७ पालिका प्रमुख जित्दा जनता समाजवादी पार्टीले २७ ओटा गाउँपालिका अध्यक्ष जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ११ ओटा गाउँपालिका अध्यक्ष जितेको छ । अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले २८ ठाउँमा बिजयी भएका छन् ।

निर्बाचन आयोगका अनुसार हाल मतगणना भइरहेका स्थानमा कांग्रेस १४, एमाले १६, माओवादी केन्द्र २ र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका २-२ स्थानमा अगाडी रहेका छन् ।