बिहानै अन्धकार, हावाहुरी र चट्याङसहित वर्षा

जेठ ०८, २०७९

एटुजेड अनलाइन खबर


काठमाडाैं, जेठ ८ : उपत्यकामा बिहानैदेखि चट्याङसहित वर्षा भइरहेको छ। आकाश कालो बादलले ढाकेपछि उपत्यकाको आइतबार बिहानको बाहिर वातावरण अन्धकार छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे मौसम बुलेटिन जारी गर्दै वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। ‘स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव नेपालमा ५, बुलेटिनमा भनिएको छ।

महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने र लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन आग्रह गरेको छ। ‘मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ,’ बुलेटिनमा भनिएको छ।

महाशाखाले आइतबार राती मधेस, वागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ। प्रदेश १, मधेश, वागमती र गण्डकी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहको जनाएको छ।