फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोल लिटरको १८० रूपैयाँ

जेठ ०८, २०७९

एटुजेड अनलाइन खबर


काठमाडौं, जेठ ८ : नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको आयल निगमले जनाएको छ ।

अब एक लिटर प्रेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मटिट्तेल र डिजेलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यासका लागि १८०० रुपैयाँ पर्नेछ ।

हवाई इन्धन (अन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।