दुर्घटनामा स्कुटर चालकको मृत्यु

माघ २४, २०७७

एटुजेड अनलाइन खबर


मोरङ, माघ २४ : मोरङको सुन्दरहरैँचामा सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–७ मा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार पश्चिमतर्फ जाँदै गरेको प्र २–०३–००१ ख १९७६ नम्बरको मिनी ट्रकले प्र १–०२–०४० प ७४६९ नम्बरको स्कुटरलाई राति ८ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा–१० का ३५ वर्षीय अजय लिम्बूको मृत्यु भएको छ । लिम्बूको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।