-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
महोत्तरी, माघ २४ : प्रहरीले महोत्तरीबाट नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत सितामढी ग्राम पञ्चायत नरगा लक्ष्मीपुर–२ बस्ने ३५ वर्षीय साबिर अञ्सारी र भारत सितामढी ग्राम पठनपुर–१४ बस्ने ४२ वर्षीय जियाउल अञ्सारी रहेका छन्।
जलेश्वर नगरपालिका–१ स्थित सडकबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोटसहित उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
बिआर३०भी ९५३० नम्बरको मोटरसाइकललाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट नेपाली नगद १६ हजार रुपैयाँ र दुई थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ। दुबैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा लिई अनुसन्धान थालेको छ।