उक्त इभेन्टमा क्यानाडा अध्ययन गर्न जान चाहने सयौं विद्यार्थीहरुले कार्यक्रममा सहभागी भइ जानकारी लिएका बताइएको छ । ‘प्लस–टू’को नतिजा भर्खरै प्रकाशन भएकाले धेरैजसो स्नातक अध्ययन गर्न चाहने विद्यार्थीहरु आफ्ना अभिवावकसँग उपस्थित भएको कोअरडिनेटर प्रकाश रेग्मीले जानकारी दिए ।
पछिल्ला दिनमा क्यानडाको अन्तर्राष्ट्रिय विद्यार्थीमैत्री नीति, खुल्ला बजार नीति, सुरक्षित र शान्तिप्रिय देश, समान अवसरका कारण क्यानडा जाने विद्यार्थीहरुको संख्या बढिरहेका बेला यस्ता कार्यक्रमले विद्यार्थीहरुका समस्या समाधान गर्न प्रभावकारी भूमिका खेल्ने गोरेटेको दाबी छ ।