‘बाग’मा रोमान्टिक आकाश र अस्मिता

माघ २७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, माघ २७ : गायक सुमन केसी र गायिका मेलिना राईको स्वर रहेको गीत ‘बागमा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द, राजन खतिवडाको संगीत र फणिन्द्र राईको एरेन्ज छ ।

भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल अस्मिता श्रेष्ठ फिचर्ड छन् । उनीहरुलाई भिडियोमा निकै रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

भावसागर इन्टरटेन्टमेन्टको निर्माणमा बनेको भिडियोमा शान थापाले निर्देशन छ । भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन र रंग संयोजन छ ।