राजदूत निलाम्बर आचार्य र विहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता

माघ ३०, २०७७

एटुजेड अनलाइन खबर


विहार (भारत), माघ ३० : भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले विहारका मुख्यमन्त्री नितिश कुमारसँग भेटघाट गरेका छन्। आचार्यले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले नितिशकुमारलाई भेटेको जानकारी गराएका छन्।

उनले ट्वीटरमा भनेका छन्, ‘विहारका मुख्यमन्त्रीसँग न्यानो र सौहार्दपूर्ण भेट भएको छ।’ उनले नेपाल र भारतबीचको मित्रता र सहकार्य सुदृढिकरण हुने पनि बताएका छन्।

नेपालको पूर्वी–दक्षिणी सीमासँग जोडिएको विहार राज्यका मुख्यमन्त्रीसँगको भेटघाटले सीमावर्ती क्षेत्रमा सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरिएको छ।