-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
काठमाडौं, माघ ३० : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रलाई असार महिनाबाट सुरू गर्ने तयारी गरिरहेको छ ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार शिक्षा नियमावली संसोधन गरेर बजेटमा छाप्न पठाइ सकिएको छ ।
अबको एक हप्तापछि संसोधित नियमावली छापिएर आएपछि कोरोना जस्ता महामारीमा नेपाल सरकारले शैक्षिक सत्रलाई कसरी र कहिलेबाट सुरू गर्ने भन्ने कुराको उल्लेख हुने शिक्षा मन्त्रालयका एक कर्मचारीले जानकारी दिएका छन् ।
उनले भने, ‘आगामी शैक्षिक सत्रलाई असारबाट सुरू गर्नेगरी शिक्षा मन्त्रालयले तयारी गरिरहेको छ । आगामी असारबाट सुरू गर्ने तयारी गरेसँगै यो वर्षको शैक्षिक सत्र लम्बिने पक्कमा भएको छ ।’
एसईई जेठमा हुने
सरकारले आगामी असारबाट नयाँ शैक्षिक सत्र सुरू गरे यस वर्षको एसईई परीक्षा आगमी जेठ महीनामा हुने राष्ट्रिय परीक्षा बोर्डका ९माध्यामिक शिक्षा० परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।
उनले भने, ‘एसईईको परीक्षा राष्ट्रिय स्तरबाट गर्ने निर्णय भएको सुन्नमा आएको छ । तर हामीलाई शिक्षा मन्त्रालयले निर्णय भने पठाइसकेको छैन् ।’
‘आगमी शैक्षिक सत्र पनि असारबाट हुन्छ भन्ने कुरा सुन्नमा आएको छ, उनले भने ।