दार्चुलामा पर्खाल भत्किँदा दुई जनाको मृत्यु

फागुन ०१, २०७७

एटुजेड अनलाइन खबर


दार्चुला, फागुन १ : दार्चुलाको अपिहिमाल गाउँपालिकामा निर्माणाधीन विद्युतको नहरको पर्खाल भत्किंदा २ जनाको मृत्यु भएको छ। मज्जे खोला लघु जलविद्युत आयोजनाको निर्माणाधीन पर्खाल भत्किंदा २ जना कामदारको ज्यान भएको गौरी शंकर आधारभुत विद्यालयका शिक्षक भगत सिंह धामीले बताए।

उनका अनुसार भिरमा पर्खाल निर्माण गरिरहेको बेला एक्कासी पर्खाल भत्किंदा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ पाकुका ४५ वर्षीय बल्देव महरा र अपि हिमाल गाउँपालिका वडा नम्बर ६ मज्जेकी ४० वर्षीया गोमती धामी रहेको बताए।

घट्नाको थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमल बहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।