बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती आम नागरिक बने

फागुन ०८, २०७७

एटुजेड अनलाइन खबर


बेलायत, फागुन ८ : बेलायतका प्रिन्स ह्यारी र उनकी श्रीमती डचेस अफ ससेक्स मेगन मर्केलबाट सबै रोयल टाइटल फिर्ता लिइएको छ ।

शुक्रवार महारानी एलिजावेथ द्वितीयले यसको घोषणा गरेकी हुन् ।

प्रिन्स ह्यारीलाई बेलायतको रोयल मरीनको क्याप्टेन जनरल बनाइएको थियो ।

उनीहरु अब सबै राजवंशी सुविधा त्यागेर आम नागरिकको जीवन बिताउने छन् ।