सन् २०२३ सम्म फोल्डेबल आईफोन ल्याउँदै एप्पल

फागुन ०८, २०७७

एटुजेड अनलाइन खबर


अमेरिका, फागुन ८ : एप्पलले पहिलो फोल्डेबल फोन ल्याउने भएको छ । हालै सार्वजनिक गरिएको एक विवरणअनुसार एप्पलले सन् २०२३ सम्ममा पहिलो फोल्डेबल फोन रिलिज गर्ने तयारी थालेको हो ।

एप्पलले उक्त फोनको डिजाइन तयार पारिसकेको छ । ‘आइफोन फ्लिप’ नाम रहने भनिएको उक्त फोनमा ओएलइडी डिस्प्ले रहनेछ । जोन प्रोसेसरले तयार पारेको एक रिपोर्टअनुसार फोनमा ७‍.३ देखि ७.६ इन्चबीचको डिस्प्ले हुनेछ ।

यो फोन ‘क्लामशेल’ आईफोन डिजाइनमा उपलब्ध हुने जनाइएको छ । अर्थात्, एप्पलले हाल बजारमा प्रचलित डिजाइन फोन टु ट्याब्लेट (फोल्ड गर्दा फोन र खोल्दा ट्याब्लेट) आकारको भन्दा फरक खाले डिजाइनको फोन निर्माण गर्नेछ ।

यो फोनलाई सामसुङ ग्यालेक्सी नोटमा जस्तै पेन्सिलको प्रयोग गरेर पनि चलाउन सकिनेछ । यसका साथै एप्पलले सिक्सजी टेक्नोलोजी र स्वचालित चल्ने कार निर्माणमा पनि काम थालेको छ ।