प्रचण्ड-नेपाल पक्षले प्रदेशमा भाँजो हाल्ने काम गरे : शेरधन राई

फागुन ०८, २०७७

एटुजेड अनलाइन खबर


विराटनगर, फागुन ८ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपामा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रदेशमा भाँजो हाल्न लागेको बताएका छन् ।

नेकपा केपी शर्मा ओली समूहको विराटनगरमा आयोजित आमसभामा सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री तथा नेता राईले प्रदेश कब्जा गर्न नदिने बताएका हुन् ।

‘दाहाल-नेपाल-खनालले विधि विधानको राग अलाप्दै आइरहनुभएको छ, प्रधानमन्त्री, अध्यक्षलाई बीचमै हटाउने भन्नुहुन्छ । चुनावी प्रक्रियाबाट आएका मुख्यमन्त्रीहरूलाई हारेका मुख्यमन्त्रीका लागि एक वर्ष नपुग्दै प्याकेज माग गर्दै आउनुभएको छ’, उनले भने, विधि प्रक्रियाको खिल्ली उडाउँदै आउनुभएको छ, प्रदेश कब्जा गर्न दिँदैनौं । प्रदेशलाई संस्थागत गर्दै अगाडि बढ्छौं ।’