कोरोनाले गर्दा स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन आयो : मुख्यमन्त्री पौडेल

फागुन ०८, २०७७

एटुजेड अनलाइन खबर


भक्तपुर, फागुन ८ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारणले नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो परिर्वतन आएको बताएका छन् ।

शनिबार भक्तपुर अस्पतालको अनुगमनपछिको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले भने, ‘कहिलेकाहिँ नराम्रा कुराले.पनि राम्रो कुरा ल्याउँदो रहेछ, त्यो नै अहिले स्वास्थ्य क्षेत्रमा भएको परिवर्तन हो ।’

२०७२ सालको भूकम्पपछि पनि देशका शैक्षिक संस्थाहरुका भौतिक परिवर्तन ल्याएको स्ंमरण गर्दै मुख्यमन्त्री पौडेलले ५० औं वर्षपछि नहुने परिर्वतन भएको बताए ।

कोभिड–१९ हाम्रालागि असाध्यै खतरानाक र भयावाहक रोग भएपनि त्यसले दिएको परिणाम चाहिँ स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने मौका दिएको मुख्यमन्त्रीको भनाइ छ ।

उनले भने, ‘प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ब्यापक परिर्वतन गर्ने अभियानमा छ, प्रदेशमा सरकार मातहतमा १३ वटा अस्पताल रहने भएपनि केही अस्पताल आउने प्रक्रियामा रहेको छ ।’

प्रदेशको उत्कृष्ट अस्पताल बन्न सफल भएकोमा भक्तपुर अस्पताललाई बधाई दिँदै आगामी दिनमा अझैं धेरै काम व्यवस्थापन पक्षले गर्न बाकीँ रहेकाले त्यसतर्फ समेत ध्यानदिन आग्रह गरे ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरीटेन्डेण्ट डाक्टर सुमित्रा गौतमले यसै आर्थिक वर्षभित्रमा अस्पतालको क्षमता विस्तार गरेर २ सय बेड पु¥याउने लक्ष्य रहेको जानकारी दिइन् ।

विगतको वर्षहरुमा भन्दा अस्पतालमा निकै सुधार भएको उनको दाबी छ । अस्पतालको सेवा विस्तारको क्रममा भएपनि जनशक्तिको अभाव कायमै रहेको उनको भनाइ छ ।

सो कार्यक्रममा निवर्तमान संघीय सांसद महेश बस्नेत, प्रदेश सांसद शशिजंग थापा र सरस्वती वाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवाललगायतको उपस्थिति रहेको थियो ।