शनिबार ८८ जनामा संक्रमण पुष्टि

फागुन ०८, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, फागुन ८ : शनिबार देशभर ८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ४८ जनामा गरिएको पिसिआर परिक्षणमा ८८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ७ सय ५५ रहेको छ । नेपालमा १ हजार ५३५ सक्रिय संक्रमित रहेका छन् । शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ ।

अहिलेसम्म देशभर २१ लाख ३६ हजार ३०९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ७१ जना रहेका छन् ।