जून त्यो जून

फागुन ०८, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, फागुन ८ : ‘जून त्यो जून’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कमल राईको शब्द र संगीत रहेको गीतमा गायक अपाथ माप्छन र गायिका एलिना चौहानको श्वर रहेको छ ।

सोनम पाख्रिनले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र एलिस राईको अभिनय रहेको छ । भिडियो छायांकनमा बुद्ध थापाले मेहनत गरेका छन् भने सुशील न्यौपानेले सम्पादन गरेका हुन् ।