-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
संसारमा जति देशहरु छन् सबैसँग कुनै न कुनै विशेषता र रोचक तथ्यहरु गाँसिएका छन् । त्यस्तै देशहरु मध्ये एक हो ब्रुनाई ।
ब्रुनाई एक मुस्लिम बहुल देश हो जहाँ अहिले पनि महिलालाई मतदानको अधिकार छैन । इण्डोनेसिया नजिकै रहेको ब्रुनाई राजतन्त्रात्मक मुुलुक हो । सन् १९८४ को जनवरी १ मा ब्रुनाई अंग्रेज उपनिवेशबाट मुक्त भएको थियो ।
ब्रुनाईका सुल्तान विश्वकै सबैभन्दा धनी राजामध्ये एक हुन् । सन् २००८ को एक रिपोर्टअनुसार उनको सम्पत्ति करिब २१ खर्ब रुपैयाँ बराबर छ । उनी गाडीका निकै शौखिन राजा हुन् र उनीसँग ७ हजार भन्दा धेरै कार छन् भनिन्छ ।
ब्रुनाईका राजाको दरबारलाई संसारकै सबैभन्दा ठूलो राजदरबार मानिन्छ । उक्त राजदरबारमा १७ सय भन्दा धेरै कोठाहरु छन् ।
ब्रुनाईमा सार्वजनिक स्थलहरुमा रक्सी पिउन प्रतिबन्धित छ । केवल यतिमात्र होइन त्यहाँ सडकमा हिँडडुल गर्दासमेत खानेकुरा खानुलाई गलत मानिन्छ । ब्रुनाईका मानिसहरु फास्टफुड खासै मन पराउँदैनन् । त्यसैले त्यहाँ म्याकडोनाल्ड जस्ता रेष्टुरेन्ट पनि निकै कम देखिन्छन् ।
ब्रुनाईमा कूल घरधूरीकेा संख्याभन्दा कारको संख्या धेरै छ । ब्रुनाईमा प्रति १ हजार मानिससँग ७ सय कार छन् । ब्रुनाईमा कारको संख्या अत्यधिक हुनुमा त्यहाँ पेट्रोलियमको मूल्य निक्कै कम हुनु पनि हो । साथै त्यहाँ परिवहन कर पनि निक्कै कम तिर्नु पर्दछ ।
एजेन्सीको सहयोगमा