-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
क्रिप्टोकरेन्सी विटक्वाइन झण्डै एक दशक अगाडि अस्तित्वमा आएको हो । सायद त्यतिबेला बिटक्वाइन यतिधेरै अमूल्य बन्छ भन्ने कसैले कल्पना पनि गरेका थिएनन् । बिटक्वाइनको अमूल्यपना देखेरै होला टेस्ला कम्पनीका संस्थापक एलन मस्कले पनि बिटक्वाइनमा दशौँ लाख डलर लगानी गरेका छन् ।
तर जुन समयमा बिटक्वाइनको सुरुवात भएको थियो त्यतिबेलादेखि अहिलेसम्म बिटक्वाइनमा ठूलो परिवर्तन भएको छ ।
सन् २०१० मा जम्मा २ वटा पिज्जा किन्न पुग्ने १० हजार बिटक्वाइनको मूल्य अहिले ५२ अर्ब रुपैयाँ पुगेको छ ।
२०१० मा एक बिटक्वाइन बराबर ०.०००३ अमेरिकी डलर थियो । त्यसैले सन् २०१० मा अमेरिकाका ल्याजलो नामक एक व्यक्तिले पापा जोनबाट दुई वटा ठूलो आकारका पिज्जा खरीद गरे । उनले पहिलोपटक बिटक्वाइनबाट कुनै सामान खरीद गरेका थिए ।
उनले त्यतिबेला उक्त पिज्जाका लागि तिरेको केवल ३० डलर अर्थात् ४ हजार रुपैयाँको अहिलेको मूल्य ५२ अर्ब पुग्ने कुरा सायद कल्पनाभन्दा बाहिरको कुरा हो ।
सायद आज बिटक्वाइनको मूल्य यतिधेरै हुन्छ भन्ने कल्पना मात्रैपनि गर्न सकेको भए उनले फगत २ पिज्जाका लागि १० हजार बिटक्वाइन खर्च गर्दैनथे होलान् । एजेन्सीको सहयोगमा