-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
मुम्बई, फागुन ८ : काेरोना संक्रमणका कारण ठप्प रहेको बलिउड फिल्म इन्डष्ट्रिज विस्तारै अगाडि बढ्न थालेको छ । कोरोनाका कारण लकडाउन भए सँगै धेरै फिल्म छाँयाङ्कन हुन सकेन भने प्रदर्शनको तयारीमा रहेका फिल्म पनि रिलिज हुन सकेन ।
गत वर्ष रोकिएका हिन्दी फिल्मले धमाधम प्रदर्शन मिति सार्वजनिक गर्न थालेका छन् । भारत सरकारले शत प्रतिशत अकुपेन्सी साथ हल खोल्न दिने निर्णय गरेसँगै निर्माताले प्रदर्शन मिति तय गरेका हुन् ।
जसमा यशराज फिल्मले एकै साथ ५ फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको छ । अजुर्न कपुरकोसन्दीप और पिंकी फरार -मार्च १९, शेफअली र रानि मुखर्जीको बन्टी और बब्ली २–अप्रिल २३, रणवीर कपुरको शमशेरा–जुन २५, रनवीर सिंहको जयेशभाइ जोरदार–अगस्ट २७, र रनवीर सिंहको८३–जुन ४ मा रिलिज हुनेछन् ।
यस्तै अक्षय कुमारको सूर्यवंशी–अप्रिल २, बेलबटम–मे २८, अतरंगी रे–अगस्ट ६र पृथ्वीराज–नोभेम्बर ५ मा रिलिज हुनेछन् ।
यस्तै शाहिद कपुरको जर्सी–नोभेम्बर ५, राम चरण र जुनियर एनटिआरको बहुप्रतिक्षित फिल्म आरआरआर-अक्टोबर १३ मा रिलिज हुनेछ ।
अजय देबगनको मैदान–अक्टोबर १३, शिद्धार्थ मल्होत्रा र कियारा अड्वानीको शेरशाह – जुलाई २, सलमान खानकोराधे–मे १३, जोन अब्राहमको सत्यमेव जयते २ –मे १३,
आयुस्मान खुरानाको चन्डीगढ करे आशिकी–जुलाई ९ र अमितावको झुन्ड– जुन १८मा रिलिज हुने तयारिमा रहेका छन् ।